ग्रेटर नेपालका अध्यक्ष पक्राउ

ग्रेटर नेपालका अध्यक्ष पक्राउ
सुन्नुहोस्

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन् । लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि भारतको ज्यादती देखेर पनि सरकार मौन बसेको भन्दै उनले सामाजिक सञ्जालमा आज धर्ना बस्ने जानकारी गराएका थिए । त्यसको एक घण्टाभित्रै उनी सिंहदरबारको दक्षिणी ढोकाबाट पक्राउ परेका हुन् । 

उनलाई अहिले सिंहदरबार प्रहरी वृत्त लगिएको बुझिएको छ । सरकारलाई राष्ट्रियताको पक्षमा बोल्न बाध्य पार्न धर्नामा बसेको उनको भनाई छ । सरकार गैरजिम्मेवार बनेको भन्दै उनले लेखेका छन्, ‘विरोध नगर्ने हो भने सरकार झन्  झन् मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ ।’

टिप्पणीहरू