प्रधानमन्त्रीको ‘वचन’ ले विपक्षीसँगको सम्बन्ध चिस्याउँदै
432 shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई गर्नुभएको सम्बोधनपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र आक्रोशित हुने सम्भावना बढेको छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वि.सं. २०५० को दशकलाई हिंसाको दशक भनेपछि माओवादी चिढिनसक्ने अवस्था देखिएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मन्तव्यपछि बोल्ने क्रममा संसदमा उक्त आरोपको जवाफ फर्काउनुले पनि संसदमा आगामी दिनमा माओवादी थप चिढिने सम्भावना बढेको हो । प्रधानमन्त्रीले ५० को दशक हिंसाको दशक मान्न सकिएला तर ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
पाण्डेले प्रधानमन्त्रीलाई जवाफ दिँदै जनमुक्ति सेनाले काँधमा बन्दुक बोकेका कारणले गणतन्त्र ल्याउन सफल भएको उल्लेख गर्नुभयो । ‘त्यसको अवमूल्यन गर्न मिल्दैन । जनयुद्धकै जगमा नेपालमा संघीय गणतन्त्र स्थापना भएको हो,’ उहाँले उल्लेख गर्नुभयो ।
432 shares
टिप्पणीहरू