चीन जान ठिक्क परेका चिनियाँहरु पक्राउ

चीन जान ठिक्क परेका चिनियाँहरु पक्राउ
सुन्नुहोस्

काठमाडौंबाट स्वदेश फर्कन लागेका दुई जना चिनियाँ नागरिकको साथबाट ठूलो परिमाणमा चिनियाँ मुद्रा फेला परेको छ । काठमाडौंबाट हिजो मध्यान्ह ग्वाङ्झौ उड्न ठिक्क परेका दुई जना चिनियाँ नागरिकले लैजान लागेको करिब १० लाख युआन प्रहरीले बरामद गरेको बुझिएको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट चिनियाँ युआनसहित केही पुराना नेपाली सिक्कासमेत फेला परेको छ । धेरै पुराना बीच भागमा प्वाल पारिएको नेपाली सिक्का पनि चीन लैजान लागेको अवस्थामा तिनलाई नियन्त्रणमा लिइएको हो ।

फेब्रुअरी ८ तारिखका दिन ग्वाङझौबाट आएर हिजोको उडानमा चिनियाँ युआन र नेपाली पुराना सिक्का लैजान खोज्नेहरुमा चच्याङ प्रान्तका राहदानी नम्बर इएम ५९८१५८६ वाहक साओहुवा र राहदानी नम्बर इजी ४६१२७२२ वाहक रन चुन छन्  ।

टिप्पणीहरू