सार्कको कुरा कसले सुन्ने ?

सार्कको कुरा कसले सुन्ने ?

भारतको राजधानी नयाँ दिल्लीमा ‘नेपाल–भारत सम्बन्ध,छिमेक कूटनीति र बौद्ध शिक्षाको सान्दर्भिकता’ वारे धारणा राख्न यताका चार जना नेता पुगेका छन् । इण्डिया इन्टरनेशनल सेन्टरमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव प्रदिप ज्ञवाली,जसपाका उपाध्यक्ष राजकिशोर यादव तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले सहभागी छन् ।

उनीहरुले दुई मुलुकबीचको सम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाली नेताहरुले भौतिक र डिजिटल सम्पर्कलाई थप विस्तार गर्दै आर्थिक र क्षेत्रीय सहकार्य अभिवृद्धि गर्नुपर्ने धारणासमेत राखेको बुझिएको छ  ।

भारतकै कारण एक दशकदेखि निष्क्रियप्रायः बनेको सार्कको प्रसंग पनि उठाइएको छ । नेताहरुले सार्क,बिमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गरेर भारतसँगको सम्बन्धलाई कसिलो बनाउनुपर्ने बताए । तर, भारतले बिमस्टेक, बिबिआइएनजस्ता वैकल्पिक क्षेत्रीय संगठनको अवधारणालाई अघि बढाउँदै पाकिस्तानसमेत सदस्य रहेको सार्कलाई भने महत्व दिन छाडेको छ । सन २०१४ देखि सार्कको अध्यक्षता नेपालले हस्तान्तरण गर्न पाएको छैन ।

टिप्पणीहरू