जन्मजात मुटुरोगीहरुको उपचारमा चिनियाँ टोली

जन्मजात मुटुरोगीहरुको उपचारमा चिनियाँ टोली
सुन्नुहोस्

हृदयरोग विशेषज्ञहरुको चिनियाँ टोली जन्मजात मुटुरोग लागेका नेपालीहरुको परीक्षण उपचार शिविरमा सहभागी भएको छ । विशेषगरी बालबालिकामा देखिने यस्तो रोगको प्रारम्भिक परीक्षण र उपचारमा नेपाली चिकित्सा टोलीसँगै चिनियाँ विशेषज्ञहरु संलग्न भएको बताइन्छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड एलाइड साइन्सेस र चीनको युन्नान प्रान्तको फुवेइ युन्नान अस्पताल, चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौंमा उक्त शिविर सञ्चालन गरेका हुन् ।

नेपाल आएको नौ जनाको चिकित्सा टोलीबारे जानकारी दिँदै काठमाडौंस्थित चिनियाँ राजदूतावासले चीनले हृदय रोग परीक्षण र उपचारमा प्राप्त गरेको सफलता तथा उच्च प्रविधिले जन्मजात त्यस्ता रोगबाट पीडित नेपालीको उपचारमा सहयोग पुग्ने विश्वास लिएको छ ।

तस्बिर:

 

टिप्पणीहरू