७१ किलोको माला लगाएपछि प्रचण्ड- दु:ख नगरेको भए हुन्थ्यो !

७१ किलोको माला लगाएपछि प्रचण्ड- दु:ख नगरेको भए हुन्थ्यो !

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुपन्देहीमा उहाँको उमेरबराबरको तौल ७१ किलोको मालाले स्वागत गरिएको छ । 

राम-जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्न दिउँसो ओमसतिया गाउँपालिका पुग्नुभएका उहाँलाई स्थानीयले सयपत्री फुलको उक्त माला लगाइदिएका हुन् । प्रचण्ड आउने खबरले हिजैदेखि स्थानीय उत्साहित बनेको र स्वतःस्फूर्त माला तयार पारेको जमुहानी पोखरा ताल व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार आज जनताले प्रचण्डको दिर्घायु र निरन्तर सक्रियताको कामना गरेका थिए । ‘अध्यक्षज्यू आउने कुरा पार्टीका मान्छेहरुलाई त थाहा थियो, तर पार्टीमै संलग्न नभएका सयौँ जनता आफैँ आए, अचम्म भयो’, ती सदस्यले भने, ‘अध्यक्षज्यूप्रतिको प्रेम देखेर म आफै दंग परे, रातभर बसेर माला बुनेका रहेछन्, कार्यक्रम आयोजक भएको हैसियतमा मलाई नै त्यो थाहा थिएन ।’

७१ किलोको माला लगाएपछि प्रचण्डले ‘यत्रो दु:ख नगरेको भए पनि हुन्थ्यो’ भन्दै जनतासँग खुशी साट्नुभएको थियो । ‘अध्यक्षज्यू पनि खुशी हुनुभयो, तर त्यत्रो फूल जम्मा गरेर माला बुन्ने दु:ख नगरेको भए पनि हुन्थ्यो भन्ने उहाँको आशय थियो’, उनले थपे ।

टिप्पणीहरू