दूधमा तर, उठाएर खानेकै भर

दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको बालाजु दुग्ध वितरण आयोजनामा हालै सहायक म्यानेजरमा नियुक्त ब्रह्मदेव साहले ल्याब टेष्टमा फ्याट लाइन मिलाइदिने भन्दै चिस्यान केन्द्रका इञ्चार्जहरूसँग महिनावारी बटुल्न थालेको आरोप छ । उक्त आयोजनाअन्तर्गत १८ वटा चिस्यान केन्द्र छन् । प्रक्रिया पूरा भए पनि सरकारले डिडिसीमा महाप्रबन्धक तोक्न ढिलाई गरेसँगै कृषिमन्त्री रामनाथ अधिकारीले ९ तहका राजेन्द्र अधिकारीलाई निमित्त महाप्रबन्धक तोकिदिए ।
बालाजु दुग्ध वितरण आयोजनाले उपत्यकामा दैनिक ६३ हजार लिटर दूध बिक्री–वितरण गर्दै आएको छ । बताइएअनुसार ब्रह्मदेव साहकै पहलमा कृषिमन्त्रीले इन्द्रभूषण यादवलाई बालाजु आयोजनाको प्रमुख बनाएका हुन् । इलेक्ट्रोनिक इञ्जिनियर यादवसँग डेरी सञ्चालनको खासै अनुभव छैन ।’ आउने भदौ १२ गते रिटायर्ड हुन लागेका यादवलाई कर्मचारी विनियम मिचेर आयोजना प्रमुख बनाइएको हो ।’
कर्मचारी विनियमावलीअनुसार डेरी टेक्नोलोजिष्टलाई आयोजना प्रमुखमा पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ । तर, बालाजु आयोजनामै कार्यरत नवराज अधिकारीलाई पाखा लगाइएको छ ।
महाप्रबन्धकको उम्मेदवारसमेत रहेका तत्कालीन सञ्चालक समिति सदस्य शीतलकाजी श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिले निज राजेन्द्र अधिकारीले डेढ करोड रुपैयाँ अनियमितता गरेको निश्कर्षसहित कारबाहीका लागि सिफारिस गरेको थियो । सञ्चालक समितिले कारबाहीस्वरूप अधिकारीको एक ग्रेड पनि हो ।
अधिकारीसँगै अनियमिततामा संलग्न अन्य कर्मचारीलाई पनि एकदेखि डेढ लाख रूपैयाँसम्म जरिवाना तिराइएको थियो । तर, अधिकारीलाई तत्कालीन महाप्रबन्धकहरू रूद्र पौडेल, सञ्जीव झा, सूर्य पौडेलले समेत कारबाही नगरी उल्टै निमित्तका लागि मन्त्रीलाई सिफारिस गरे ।
अहिले अधिकारीले गरेको डेढ करोडको भ्रष्टाचार केसमा अख्तियारले अनुसन्धान गरिरहेको छ । अधिकारी नेपालगञ्ज आयोजना प्रमुख हुँदा पनि तत्कालीन महाप्रबन्धक सीयारामप्रसाद सिंहसँग मिलेर दूध मिनाहा गरेका थिए ।
टिप्पणीहरू