गल्कोटमा क्रान्तिकारी विजयी

बाग्लुङको गल्कोट बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले सबै पद जितेको छ । नेविसंघ र अखिलको संयुक्त गठबन्धनलाई परास्त पार्दै अखिल (क्रान्तिकारी)का प्रभात साहनी नेतृत्वको प्यानल विजयी भएको छ ।
कुल १५८ मत खसेकोमा साहनीले ९९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ भोट ल्याएकी छन् । सचिवमा अखिल क्रान्तिकारीका पवन विक र कोषाध्यक्षमा समृति बुढाथोकीले समान ८५ मत ल्याएका छन् ।
आज भएको स्ववियु निर्वाचनमा सत्ताधारी दल निकट बलिया दुई संगठनका साझा उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रको विद्यार्थी संगठन क्रान्तिकारी थप चार वटा क्याम्पसमा विजयी भएको सो संगठनका नेताहरुले बताएका छन् ।
टिप्पणीहरू