चीनमा नेपाली खेलाडी विजयी,खेलकुद परिषद हेरेको हेर्यै

चीनमा नेपाली खेलाडी विजयी,खेलकुद परिषद हेरेको हेर्यै

चीनको चङ्चौ शहरमा आयोजित मिक्स्ड मार्शल आर्टस् खेलकुदमा नेपाली खेलाडी रविन्द्र ढाट विजयी भएका छन् । चिनियाँ चर्चित खेलाडी येयुबुलाई पहिलो राउण्डको दुई मीनेटमा नक आउट गरेलगत्तै उनलाई विजयी घोषित गरिएको छ।

बहराइनका राजाको स्वामित्वमा रहेको ब्रेभ कम्ब्याट फेडरेसनले आयोजना गरेको उक्त खेलमा रविन्द्र मिक्स्ड मार्शल आर्ट्सका प्रशिक्षक डिविज पियाको रक एण्ड रोल मिक्स्ड मार्शल आर्टस् क्लबबाट सहभागी भएका हुन् । व्यावसायिक खेलाडी ढाटले बेनटम वेट चिनियाँ नम्बर १ खेलाडीलाई पराजित गरेका छन्  । 

समाचारमा जनाइएअनुसार चिनियाँ ती खेलाडी अघिल्लो सात खेलमध्ये छ खेलमा पहिलो राउण्डमै प्रतिस्पर्धीलाई नक आउट गरेर विजयी भएका थिए । हिजोको उक्त प्रतिस्पर्धापछि विजयी रविन्द्रले चिनियाँ मिक्स्ड मार्शल आर्टसप्रेमीमाझ चर्चा कमाएका छन् । तर,निजी प्रयासमा सहभागी भएका उनको सफलताबारे हाम्रो खेलकुद परिषद् बेखबर रहेको देखिन्छ ।

टिप्पणीहरू