जताजता राजावादी, उताउता निषेधाज्ञा

जताजता राजावादी, उताउता निषेधाज्ञा

काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि राजधानीनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । राजावादीहरुले आन्दोलन गर्ने भनिएका क्षेत्रलाई एक साताको लागि निषेधित बनाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू