राजावादीहरुले बाटो छेकेपछि राष्ट्रपतिलाई रिङरोड घुमाइयाे

राजावादीहरुले बाटो छेकेपछि राष्ट्रपतिलाई रिङरोड घुमाइयाे फाइल फाेटाे

रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकनमा जानुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सवारी रुट परिवर्तन गरिएको छ । 

राजावादीहरुको आन्दोलनका कारण काठमाडौँका भित्री सडकमा सुरक्षा चुनौती बढेपछि शीतल निवासबाट चक्रपथ हुँदै राष्ट्रपतिको सवारी चलाइएको हो । यसअघि साँझ ५ बजे राष्ट्रपति पौडेल जावलाखेल पुग्ने कार्यकम तय भएको थियो ।

शीतल निवासबाट लैनचौर, नयाँ बजार, बालाजु, कलंकी, बल्खु, एकान्तकुना हुँदै राष्ट्रपति जावलाखेल पुग्न सडकमा सुरक्षाकर्मी खटाइएका छन् । राजावादी प्रदर्शनलाई मध्यनजर गर्दै वैकल्पिक मार्गका रुपमा लैनचौर, सोह्रखुट्टे, शोभाभगवती हुँदै विष्णुमति किनारको सडकमा पनि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

टिप्पणीहरू