गोठमा आगो लाग्दा दाउरा जलेर खरानी
भरतपुरमा एकाबिहानै गोठमा आगलागी, बेड, टेबल, झ्यालढोका र दाउरा क्षति
चितवनको भरतपुर–४ पिपलचोकका राजीव सापकोटाको गोठमा आगलागी हुँदा झ्यालढोका, लो–बेड, पलङ र टेबुलहरु जलेर खरानी भएको छ ।
आज बिहान करिब तीन बजेतिर झिसमिसेमा गोठमा आगो लाग्दा लो–बेड ४ थान, डायनिङ टेबल एउटा, पलङ एउटा र चारवटा झ्यालढोका क्षति भएको प्रहरीले जानकारी दिएको छ । यसैगरी चार क्विन्टलजति दाउरा पनि जलेको जनाइएको छ ।
आगलागीको स्रोत भने नखुलेको प्रहरी बताएको छ ।
टिप्पणीहरू