काँग्रेसका कोषाध्यक्ष र भाटभटेनीका मालिक एकै ठाउँमा
नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेलाई पार्टी कार्यालय बनाउन अर्बौको जग्गा दान गर्ने व्यवसायी मीनबहादुर गुरुङले संयुक्त लगानीमा गार्मेन्ट उद्योग शुरू गरेका छन् ।
भाटभटेनी सुपरमार्केटका संस्थापकसमेत रहेका गुरुङ र शिक्षा, उर्जालगायतका क्षेत्रमा ठूलो लगानी गर्दै आएका श्रेष्ठले आज रुपन्देहीमा उद्योग स्थापनाको लागि भूमि पूजा गरेका हुन् । उक्त उद्योगले दुई हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने बताइएको छ ।
हालै तीन ठाउँमा भाटभटेनीको नयाँ शाखा खोलेका गुरुङले पछिल्लो समय अन्य क्षेत्रमा पनि लगानी बढाउदै गएकाे छन् । त्यस्तै, श्रेष्ठले पनि हालै ५० करोड लगानीमा सिराहको ७० बिघाह जमीनमा हाइब्रिड नमुना कृषि फार्म सञ्चालन ल्याएका छन् ।
बैशाखदेखि शुरू भएको उक्त फार्ममा तरकारी तथा फलफुल खेती र पशुपालन गरिएको छ ।
टिप्पणीहरू