माओवादी उपाध्यक्षविरुद्धको तीनै रिटमा फैसला
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध काभ्रेली मृतककी श्रीमतीले सर्वोच्च अदालतमा दायर गरेको अपहरण तथा ज्यान मुद्दामा फैसला भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,न्यायाधीशहरु सपना प्रधान मल्ल,कुमार रेग्मी, मनोजकुमार शर्मा,कुमार चुडालको संवैधानिक इजलासले उक्त मुद्दामाथि आजको सुनुवाइपछि मुद्दा दायरकर्ताको मागदाबीबमोजिम उत्प्रेषण आदेश जारी गरेको हो ।
सो आदेशसँगै सापकोटाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढ्ने भएको छ । त्यसैगरी,एउटा मुद्दामा मागदाबी नपुग्ने र अर्कोमा रिट खारेजीको फैसला सुनाइएको छ । मुलुक माओवादी जनयुद्धको भुमरीमा भएको बेला काभ्रेपलाञ्चकका अर्जुन लामाको २०६२ वैशाख १६ गते हत्या भयो । नेकपा एमालेनिकट मानिने उनी दाप्चाका व्यापारीसँगै स्थानीय कृष्ण माविका अध्यक्ष पनि थिए ।
पूर्णिमायाले दायर गरेको ०६९–डब्ल्युओ–०५३३ नम्बर भएको मुद्दा ६९ पटक पेशी चढिसकेको छ । १४ वर्षदेखि चलिरहेको मुद्दालाई संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको थियो । आज बिहानदेखिको सुनुवाइपछि इजलासले तीन थरीको फैसला सुनाएको हो ।
त्यसपछि न्यायका लागि निरन्तर संघर्ष गरिरहेकी उनकी श्रीमती पूर्णिमाया लामाले माओवादी नेता सापकोटासहित सूर्यमान दोङलगायत ६ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि नसमातिएका सापकोटालाई मन्त्री बनाएपछि पूर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरिन् । यता, मानव अधिकारकर्मी कनकमणि दीक्षितले अदालतको अवहेलना र सुशील प्याकुरेलले उत्प्रेषण माग गर्दै रिट दायर गरेका थिए ।
पूर्णिमायाले दायर गरेको ०६९–डब्ल्युओ–०५३३ नम्बर भएको मुद्दा ६९ पटक पेशी चढिसकेको छ । १४ वर्षदेखि चलिरहेको मुद्दालाई संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको थियो । आज बिहानदेखिको सुनुवाइपछि इजलासले तीन थरीको फैसला सुनाएको हो । पूर्णिमायाको रिटमा उत्प्रेषण आदेश आउँदा कनकमणिको रिटमा मागदाबी नपुग्ने र सुशीलको रिट खारेजी भएको छ ।
टिप्पणीहरू