फ्रान्सलाई हराएपछि स्पेन नेसन्स लिगको फाइनलमा

स्पेन युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । गए रातिको रोमाञ्चक सेमिफाइनल खेलमा फ्रान्सलाई ५(४ गोलले हराउँदै स्पेनले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
एल्लिनाज एरिनामा भएको खेलमा स्पेनलाई जित दिलाउन लामिने यामालले दुई तथामिकेल मेरिनो, पेड्री र निको विलियम्सले समान एकरएक गोल गरे । फ्रान्सको लागि किलियन एम्बाप्पे, रायन चेर्की र रन्डल कोलो मुआनीले समान एकरएक गोल गर्दा एक गोल उपहार पायो।
शुरुवातमा ४(० गोलले पछाडि परेपनि फ्रान्सले अन्तिमसम्म खेलमा फर्किने प्रयास गरेको गरेको थियो । खेलको २३ औँ मिनेटमा विलियम्सले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा मेरिनोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । ५४औँ मिनेटमा यामालले गोल गर्दै स्पेनलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।
५५ औं मिनेटमा पेड्रीले गोल गर्दा स्पेनले खेलमा ४(० गोलले पकड जमाएको थियो । ५९ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई ४(१ गोलको स्थितिमा ल्याए । ६७ औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाइ ५(१ गोलको अग्रता दिलाए । ७९ औँ मिनेटमा चेर्कीले गोल गर्दै फ्रान्सलाई ५(२ गोलको स्थितिमा ल्याए ।
पाँच मिनेटपछि डानियल भिभिआनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि फ्रान्सले एक गोल उपहार पाएको थियो । यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई ५(४ गोलको स्थितिमा ल्याए पनि टोलीको हार टार्न पर्याप्त रहेन ।
अब स्पेनले उपाधिको लागि ८ जुनमा हुने फाइनल खेलमा पोर्चुगलको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेलमा जर्मनीलाई २(१ गोलले हराउँदै पोर्चुगल फाइनलमा पुगेको थियो । फ्रान्सले भने सोहि दिन तेस्रो स्थानको लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
टिप्पणीहरू