आईसीसीको पुरस्कार रकम कहाँ हरायो ? पुरस्कार माग्दा ओमानका खेलाडीहरू देश छोड्न बाध्य

आईसीसीको पुरस्कार रकम कहाँ हरायो ? पुरस्कार माग्दा ओमानका खेलाडीहरू देश छोड्न बाध्य

एजेन्सी । गत वर्ष कश्यप प्रजापति ओमानको राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए र उनले क्यारेबियनमा भएको पुरुषहरूको आईसीसी टी-२० विश्व कपमा अष्ट्रेलिया र इंग्ल्याण्ड जस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्दै थिए ।

त्यो समयमा ओमान टोलीले कुनै जित हासिल नगरेपनि, विश्व कपमा सहभागिता ओमानका लागि एक दुर्लभ अवसर थियो । तर एक वर्षपछि, प्रजापति अमेरिकामा बसोबास गर्दैछन् टिमबाट नकआउट भएका छन् र ओमान क्रिकेटसँगको पुरस्कार रकमको विवादका कारण आफ्नो भविष्य सुरक्षित गर्न संघर्षरत छन् ।

उनका अनुसार अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले उक्त विश्व कपमा १३औं देखि २०औं स्थानसम्म पुगेका टोलीलाई २२५,००० अमेरिकी डलर पुरस्कार रकम प्रदान गर्ने व्यवस्था गरेको थियो । तर ओमान क्रिकेटले उक्त रकम खेलाडीलाई नदिएको आरोप छ । यसको परिणामस्वरूप, प्रजापति र अन्य खेलाडीहरूको करियर प्रभावित भएको छ र कतिपयलाई ओमान छोड्न बाध्य बनाइएको छ ।

प्रजापतिका अनुसार ओमानी खेलाडीहरुलाई उक्त रकमको बारेमा शुरुवातमा थाहा नभएको र पछि विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका थिए । यसअघि २०२१ को संस्करणमापनि थाहा नभएपछि रकम नपाएको उनीहरुले बताएका छन् ।

प्रजापतिका अनुसार उक्त पुरस्कार राशीको बारेमा खेलाडीहरुले व्यवस्थापन र बोर्डसँग कुरा जनाएका थिए । विश्वकप सकिएको तीन महिनापछि पहिलोपटक गत सेप्टेम्बरमा क्यानडामा भएको त्रिकोणात्मक सिरिजपछि उनीहरुले उक्त विषयमा बोर्डसँग कुरा राखेका थिए ।

पुरस्कार राशिको बारेमा आवाज उठाउँदा खेलाडीहरुलाई धम्की र डरको वातावरण सिर्जना गरिएको बताइएको छ । यस विषयमा आईसीसीले सम्बन्धित क्रिकेट बोर्डहरूसँग छलफल गरेको र खेलाडीहरूको हक सुनिश्चित गर्न पहल गरिरहेको जनाइएको छ ।

क्रिकेटर प्रजापतिले भने, "हामीले योग्य पुरस्कार रकम प्राप्त गर्न संघर्ष गरिरहेका छौं र यस विषयमा आवाज उठाउँदा बोर्डको दबाबको सामना गर्नुपरेको छ ।" यस समस्याले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीहरूको हक र सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।

यस घटनाले ओमान क्रिकेटको पारदर्शिता र खेलाडीहरूको हकप्रति गम्भीर प्रश्न उठाएको छ । यसका साथै अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीहरूको हक र सुरक्षामा सुधारको आवश्यकता पनि स्पष्ट भएको छ ।

-क्रिकइन्फोले तयार पारेको समाचार सामाग्रीबाट 

टिप्पणीहरू