प्रहरीको भेषमा ठग्दै हिँड्ने ज्ञानबहादुर पक्राउ

नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ्ग र सुनसरीको ईटहरी उपमहानगरपालिका–४ पाँचघरेकी ४५ वर्षीय रेवती ओझा समातिएका हुन् ।
प्रहरी हिरासतमा रहेको अभियुक्तको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
परिसरका अनुसार ज्ञानबहादुरले हतियार खरखजानासम्बन्धी कसूरमा पाँच वर्ष कैद सजाय काटिसकेका छन् । त्यसैगरी, सार्वजनिक अपराध कसूर र जुवासम्बन्धी कसूरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
टिप्पणीहरू