भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको गुजरातस्थित अहमवाद विमानस्थलमा विमान दुर्घटना भएको छ । 

२४२ जना यात्रु बोकेर लण्डन उड्न लागेको एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान आज दिउँसो दुर्घटनामा परेको हो । जहाज पूर्णरुपमा टेक अफ नहुँदै विमानस्थलको पर्खालमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ । दुर्घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू