पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपाल, भारत र चीन जोड्ने कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज दिउँसो गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लवामा खसेको पहिरोका कारण करिडोर पूर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । गएराति परेको वर्षाका कारण पहिरो खसेको उनको भनाइ छ ।
एसपी सारुले भने, ‘राति ठूलो पानी पर्यो । पानीले माटो मलिलो बनाएपछि पहिरो खसेको हो । पहिरो पन्छाउने काम जारी छ ।’ पहिरोले करिडोर अवरुद्ध भएपछि सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
टिप्पणीहरू