काठमाडौंमा निषेधाज्ञा हटाइयो

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा फिर्ता लिएको छ । राजावादीको आन्दोलन साम्य भएसँगै प्रशासनले निषेधाज्ञा हटाएको हो ।
प्रशासनले एक सूचना जारी गर्दै कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न भनेको छ ।
‘काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएका स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरु गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्नेगरी उक्त आदेश कायम नरहेको...’,जारी सूचनामा उल्लेख छ ।
प्रशासनले गत जेठ १८ गतेबाट पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाएको थियो ।
टिप्पणीहरू