‘बा’ को नाम बेच्दै जे गरे पनि छुट !
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारी ठगी प्रकरणमा एकपछि अर्को गरी मुद्दा दायर हुँदै आएका छन् ।
अघिल्लो हप्तामात्र वीरगञ्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा राजु बरालविरुद्ध ५ करोडभन्दा बढी रकम ठगेको आरोपमा मुद्दा दायर भएको थियोे । यसअघि पनि काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी,बुटवलको सुप्रिम सहकारी र काठमाडौंको पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारीमा समेत बरालविरुद्ध मुद्दा दायर भइसकेको छ ।
तर अचम्मको कुरा,गाउँपालिकाको नियमित कामकाजमा सक्रिय रहेका बराललाई प्रहरीले हालसम्म पक्राउ गरेको छैन । बरालमाथि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिए पनि उनी जिल्लामा प्रहरी अधिकृतहरूसँग हातेमालो गर्दै विभिन्न सार्वजनिक कार्यक्रममा खुलेरै सहभागी भइरहेका छन् ।
सहकारी प्रकरणमा धमाधम पक्राउ पुर्जी जारी हुन थालेपछि उनी केही हप्ताका लागि भूमिगत भएका थिए । पछि कुरा मिलाएर पालिकामा फर्किए । बराल र जीबी राईबीच मामा–भान्जाको सम्बन्ध रहेको स्रोत बताउँछ । जीबी राई संलग्न अधिकांश सहकारीमा बरालको समेत संलग्नता देखिएको छ । बराल जिबीअध्यक्ष रहेको हरेक सहकारीमा सचिवदेखि ऋण समितिमा रहेर काम गरेका प्रहरी अनुसन्धानले देखाएको छ ।
केही वर्षअघि काठमाडौंको दोहोरी साँझमा गीत गाउने बराल जिबीको सहकारीहरूमा संलग्न भएपछि उनको जीवनशैली एकाएक फेरिएको जानकारहरु बताउँछन् ।
टिप्पणीहरू