जनकपुर बोल्ट्सद्वारा सात खेलाडी रिटेन

जनकपुर बोल्ट्सद्वारा सात खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि सात खेलाडीलाई रिटेन गरेको छ । आगामी सिजनका लागि बोल्ट्सले पहिलो सिजनबाट रिटेन गरिएका सात जना खेलाडीको नाम सार्वजनिक गरेको हो । 

जसमा आशिफ शेख, अनिल शाह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, तुलबहादुर थापामगर, शुभ कंसाकार रहेका छन् । त्यसैगरी, बोल्ट्सले शेर मल्ल, आकाश त्रिपाठी, हेमन्त धामी, अरनिकोप्रसाद यादवलाई रिलिज गरेको छ । 

यता, लुम्बिनी लायन्सले आगामी संस्करणका लागि ६ रिटेन खेलाडीको सूची सार्वजनिक गरेको छ । कप्तान रोहित पौडेलसँगै सन्दिप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी रिटेन भएका छन् ।

टिप्पणीहरू