बलेरोको ठक्करबाट पैदलयात्री बिते

बलेरोको ठक्करबाट पैदलयात्री बिते

चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । खैरहनी नगरपालिका–१ शाहीचोकस्थित मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख ६६१० नं. को बलेरोले हिजो राती सवा आठ बजेतिर बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारकोे लागि पुरानो मेडिकल कलेज पठाइएकोमा उतिखेरै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

मृतक पर्साको वीरगञ्ज–११, बेलुवा बस्ने ३१ वर्षीय राम अवतार भनी खुल्न आएको प्रहरीले बतायो । ठक्कर दिने बलेरो र चालक चितवनकै खैरहनी–१० बस्ने ३५ वर्षीय वीरेन्द्र चौधरी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

चितवनमा हिजो साँझ पौने छ बजेतिर भरतपुर–२९ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा पनि सवारी दुर्घटना भएको थियो । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना१ज ५१०६ नं. को म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३– ००३ प ४९४ नं. को मोटरसाईकल एक–आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक भरतपुर–७ बस्ने ४० वर्षीय देव खड्काको घुँडामा मध्यम चोट लागेको जनाइएको छ ।

मोटरसाईकलको पछाडि सवार भरतपुर–७ की ३५ वर्षीया कल्पना खड्का सामान्य घाइते भएको र म्याजिकमा सवार धादिङ–३ बस्ने वर्ष ६० की तिलकुमारी अर्यालको दुबै हातमा सामान्य चोट लागेको बताइन्छ । घाइतेहरुलाई म्याजिक चालक इच्छाकामना–४ का ४० वर्षीय संजय गुरुङले सोही म्याजिकमा राखेर एलाइभ हस्पिटल भरतपुर लगेका थिए । 

मुग्लिङ नारायणगढ सडक खण्डमा अस्ति झन् चलिरहेको कारमाथि ढुंगा खसेको थियो । इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक करिब साढे दुई बजे आइतबार दिउँसो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग्ए ८० न्ए २९२८ नं. को भारतीय कारमा सडक माथिबाट ढुंङगा खसी लाग्दा चालकसहित कारमा सवार तीनजना घाइते भएका थिए ।

– अजय गोर्खाली

टिप्पणीहरू