ओलीलाई उषाकिरणको सुझाव : अब नेतृत्व छोड्नुस्

ओलीलाई उषाकिरणको सुझाव : अब नेतृत्व छोड्नुस्

नेकपा (एमाले)का केन्द्रीय सदस्य उषकिरण तिम्सिनाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छन् । च्यासलमा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्नेक्रममा उनले अध्यक्ष केपी शर्मा ओलीले अब मार्गप्रसस्त गर्नुपर्ने बताइन् । 

नतृत्व हन्तान्तरण र पुस्तान्तरणसम्बन्धी विधानको प्रावधान व्यक्ति विशेषलाई हेरेर हटाउन नहुने उनको मत छ । कुनै व्यक्ति विशेषलाई हेरेर विधान फेरबदल गर्नुभन्दा संगठनलाई बलियो बनाउनेगरी संशोधन गर्न तिम्सिनाले सुझाव दिइन् ।

‘धारा ६४ कायम राखियोस्, कुनै व्यक्ति विशेषलाई हेरेरभन्दा पनि संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्छ’, तिम्सिनाले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त अवसर पाउनुभएको छ, अब निशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभ्यास गर्नुपर्छ ।’

नेतृत्वपंक्तिले बारम्बार पार्टी घेराबन्दीमा रहेको बताइरहँदा तिम्सिनालाई भने आश्चार्य लागेको छ । 

‘पार्टी सधैँ घेराबन्दीमा पर्यो, घेराबन्दीमा पर्यो भनिन्छ, तर सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दीमा कसरी हुन्छ ?’, उनले सोधिन्,  ‘यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ? नेतृत्वले यसबारे समीक्षा गर्नुपर्दैन ?’

टिप्पणीहरू