विद्या भण्डारीको पत्रकार सम्मेलनमा विभिन्न पार्टीका नेता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेसहित विभिन्न पार्टीका नेता-कार्यकर्ता सहभागी भएका छन् ।
बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले जारी पत्रकार सम्मेलनमा एमाले नेता विनोद ढकाल, कृष्णप्रसाद दाहालसहित ठूलो संख्यामा कार्यकर्ता सामेल छन् । त्यस्तै, नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्नेत र नेकपा विप्लव समूहका केन्द्रीय सदस्य प्रकाश शाही पनि कार्की ब्यांकेटमा छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णय र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिका विषयमा पूर्व राष्ट्रपति भण्डारीले अहिले आफ्ना धारणा सार्वजनिक गरिरहनुभएको छ ।
टिप्पणीहरू