बागमतीमा बानियाँ
बागमतीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ दलको नेता र मुख्यमन्त्री बन्ने पक्का भएको छ । केही बेरअघि संसदीय दलमा भएको मत विभाजनमा उनले २२ सांसदको समर्थन पाएका छन् ।
हाल मुख्यमन्त्री रहेका दलका नेता बहादुर सिंह लामाले १५ सांसदको मत मात्रै प्राप्त गरेका छन् । ३७ सांसद रहेको प्रदेश सभामा दलको नेता बन्न १९ जनाको समर्थन आवश्यक पर्छ ।
पार्टी प्रदेश सभापतिसमेत रहेका बानियाँलगायत २१ सांसदले गत शुक्रबार लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव आज बहुमतले पारित भएको हो ।
टिप्पणीहरू