रवि भेट्दै रास्वपाकाे जम्बाे टोली
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक पहिलोपल्ट राजधानीबाहिर बस्ने भएको छ । पार्टीका सबै सांसदहरु रुपन्देहीमा जुट्न लागेका हुन् । अधिकांश सांसद बुटवल पुगिसकेको र कतिपय सांसदहरुको पुग्नेक्रम जारी छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा छन् । त्यसकारण पनि सांसदहरुले सभापति भएकै ठाउँमा बैठक बस्ने निर्णय गरेको बुझिएको छ । भोलिको बैठकपछि सभापति लामिछानेलाई भेट्न कारागार पुग्ने सांसदहरुको तयारी छ । साथै, उनीहरुले कात्तिकमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै स्थानीय नेता तथा कार्यकर्ता र नागरिकसँग भेटघाट पनि गर्ने बताइएको छ ।
टिप्पणीहरू