१ बजे डाकिएको क्याबिनेट बैठक बस्दै
फाइल फाेटाे
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । दिउँसो १ बजे राखिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण ३ बजे पुगेको बताइन्छ ।
प्रधानमन्त्री ओली आज मध्यराति भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम छ ।
नेपाल उक्त संस्थाको अध्यक्ष हो । पर्सिदेखि २० देखि हुने कार्यक्रममा भाग लिएर प्रधानमन्त्री आगामी शुक्रबार राति स्वदेश फर्कनुहुनेछ ।
टिप्पणीहरू