शीर्ष तीन नेताले सन्यास लिए गगन थापा रमाउने

शीर्ष तीन नेताले सन्यास लिए गगन थापा रमाउने फाइल फाेटाे

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख तीन दलका शीर्ष नेताहरूले राजनीतिबाट सन्न्यास लिए आफू सबैभन्दा बढी खुसी हुने बताएका छन् ।  

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिश्राम लिनुपर्ने धारणा उनले राखेका हुन् । यद्यपि तीन नेताले राजनीतिमा खेलेको भूमिका र योगदानको आफूले अवमूल्यन गर्न नखोजेको थापाले प्रष्टिकरण पनि दिए । 

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ,’ उनले भने, ‘अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरूप्रति । उहाँहरूले नेपालमा ठूलो योगदान गर्नुभएको छ ।’

राजनीतिक दलका शीर्ष नेतृत्वसँगको युवाहरूमा वितृष्णा बढेको छ भन्ने प्रशंगमा थापाले यस्तो कुरा गरेका हुन् । उनले मुलुकको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको पनि बताए ।

‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ,’ उनले भने ।

टिप्पणीहरू