एन्फा महिला लिग छनोट आजबाट शुरु हुँदै

एन्फा महिला लिग छनोट आजबाट शुरु हुँदै

एन्फा महिला लिग छनोट २०२५ आजबाट शुरु हुँदैछ । अखिल नेपाल फूटबल संघ(एन्फा)को आयोजनामा हुने प्रतियोगिता आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरू हुँदैछ । 

आज हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदैछ । उद्धाटन खेलमा छहारी फूटबल क्लब र एफसी रियल तथा दोस्रो खेलमा संकटा फूटबल क्लब र नेपाल खेलकुद क्लब प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल ४:१५ बजे एन्फा कम्प्लेक्समा हुनेछ । 

प्रतियोगितामा कुल १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी १७ टोलीलाई  दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए'मा चर्च ब्वाइज युनाइटेड , छाहरी फूटबल क्लब, राप्ती फूटबल क्लब, सिन्धुपाल्चोक फूटबल क्लब, स्टुडेन्ट्स फूटबल क्लब, आरएस रिसोर्ट एन बीच फूटबल र एफसी रियल रहेका छन्  । यस्तै समूह 'बी'मा न्युरोड टिम(एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्स एफसी, झापा एफसी, लम्की फूटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब रहेका छन् । 

समूहचरणमा हरेक टोलीले ६/६ खेल खेल्नेछन् । दुवै समूहको विजेता र उपविजेता टोली सिधैं राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यस्तै दुवै टोलीको तेस्रो स्थानमा रहने टोलीबीच एक खेल हुनेछ र उक्त खेलको विजेता टोलीलेपनि पाँचौं टोलीको रुपमा महिला लिगमा स्थान बनाउनेछ ।

प्रतिगोगितामा कुल ४३ खेल हुने एन्फाले जनाएको छ । खेलहरु एन्फा कम्प्लेक्स र च्यासल खेल मैदानमा हुनेछन् ।

टिप्पणीहरू