टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित

टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित

टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो  ।

जितको लागि टेरिटोरीले दिएको एक सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन मात्रै बनाउन सक्यो । नेपालको लागि कुशल मल्लले ३४, गुलसन झाले २६, कप्तान रोहितकुमार पौडेलले २३, दीपेन्द्र सिंह एरीले १९ र आसिफ शेखले ११ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । टेरिटोरीको लागि म्याट ह्यामन्डले तीन, केन रिचार्डसन, टम एन्ड्रयूजले समान दुई तथा टोम एन्द्रेव्स, हामिश मार्टिन र डार्सी शर्टले समान एक/एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाको डार्बिनमा टस हारेर पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले आठ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो । नर्दनका लागि डासी शर्टले ५१ रनसहित अर्धशतक बनाए । उनले ३४ बलमा ७ चौका र एक छक्का हिर्काए । यस्तै टस एन्ड्रयूजले ३२, जोर्डन सिल्कले १९, कोनोर कारोलले १८, काडेल म्यामोहनले १२ र जाके वेथाराल्डले ११ रन बनाए । 

नेपालका सन्दिप लामिछानेले तीन, शाहब आलमले दुई तथा रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान एक/एक विकेट लिए । जितसँगै टेरिटोरीले दुई अंक जोडेको छ । अब नेपालले भोली हुने दोस्रो खेलमा बंगलादेश 'ए'सँग प्रतिस्पर्धा गर्नेछ । 
 

टिप्पणीहरू