बंगलादेश 'ए'द्वारा नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत
अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा बंगलादेश 'ए'ले नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । मरारा क्रिकेट मैदानमा जारी खेलमा बंगलादेश 'ए'ले नेपाललाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो । बंगलादेशको लागि जिशन अलामले अर्धसतकसहित सर्वाधिक ७३ रन बनाए । उनले ४६ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै अफिफ होसाइनले ४८ रन बनाउँदा मोहम्मद नेमले २५ र सैफ हसनले ११ रनको योगदान गरे ।
नेपालको लागि रिजन ढकालले २ ओभरमा १८ रन दिएर २ विकेट लिँदा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
टिप्पणीहरू