प्रिमियर लिगमा युनाइटेड पराजित

प्रिमियर लिगमा युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा युनाइटेड आर्सनलसँग १-० गोलले पराजित भएको हो । 

ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सनललाई जित दिलाउन रिकार्डो कालाफिओरीले निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा कालाफिओरीले गोल गर्दै आर्सनललाई शुरूवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट कुनैपनि गोल हुन नसक्दा आर्सनल १-० गोलले विजयी भएको हो । 

जितसँगै आर्सनलले तीन अंक जोडेको छ । 

गएरातिनै भएको अर्को खेलमा नोट्टिन्हाम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ गोलले हराएको छ ।  फरेस्टलाई जित दिलाउन क्रिस वुडले दुई र डान डोएले एक गोल गरे । ब्रेन्टफोर्डको लागि थियागो रोद्रिगेजले एक गोल गरे ।

टिप्पणीहरू