मेलबर्न स्टार्सद्वारा नेपाललाई १ सय ७६ रनको विजयी लक्ष्य प्रस्तुत

मेलबर्न स्टार्सद्वारा नेपाललाई १ सय ७६ रनको विजयी लक्ष्य प्रस्तुत

टप इन्ड टी-२० सिरिज अन्तर्गत जारी खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । डार्विनमा जारी खेलमा मेलबर्नले नेपाललाई जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको हो । मेलबर्नको लागि थोमस रोजर्स र ब्लाके म्याकडोनाल्डले अर्धसतक बनाए । ब्लाकेले ७४ रन बनाउँदा थोमसले ६५ रन जोडे ।

नेपालको लागि सन्दीप लामिछानेले निधारित ४ ओभरमा २६ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी र शहाब अलामले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू