टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार बिहान भएको खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको हो ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो ।

नेपालको लागि आसिफ शेखले ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३१ बलमा ३ चौका ३३ रन बनाउँदा कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन बनाए । 

मेलबर्नको लागि अस्टिन अन्लेजार्क, डोउग वारेनले दुई तथा आर्यन शर्मा र क्रिस होवेले समाने एक/एक विकेट लिए । 

यसअघि डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । मेलबर्नको लागि थोमस रोजर्स र ब्लाके म्याकडोनाल्डले अर्धसतक बनाए । ब्लाकेले ७४ रन बनाउँदा थोमसले ६५ रन जोडे ।

नेपालको लागि सन्दीप लामिछानेले निधारित ४ ओभरमा २६ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी र शहाब अलामले समान एक/एक विकेट लिए । 

यसअघि पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ र दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो ।
 

टिप्पणीहरू