सबै सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न एमालेको उर्दी

सबै सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न एमालेको उर्दी

एमालेले राजधानी बाहिर रहेका आफ्ना सबै सांसदलाई भोलि दिउँसो १ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ । प्रमुख सचेतक महेश बर्तौलाले भोलि १ बजेभित्र काठमाडौं आउन र केही दिन काठमाडौंमै रहन सांसदहरुलाई म्यासेज पठाएको बुझिएको छ ।

म्यासेजमा राजधानीमा रहेको बेला आकस्मिक कार्य परेको बखत पार्टीलाई सोधेर मात्रै बाहिर जानुपर्ने व्यहोरा उल्लेख गरिएको स्रोतको दावी छ । सत्तारुढ एमाले र नेपाली कांग्रेसको गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको अवस्थालाई ध्यानमा राखेर एमाले प्रमुख सचेतकले सांसदहरुलाई म्यासेज पठाएका हुन् । 

उपसभामुख रानाविरुद्ध आज दर्ता गर्ने भनिएको प्रस्ताव अब भदौ १३ गते शुक्रबार मात्रै गर्ने तयारी छ । दर्ता भएको एक साताभित्र प्रस्ताव टुंग्याउनुपर्ने तर अहिले उपसभामुख अमेरिकामा रहेका कारण अर्को साताको अन्तमा मात्रै प्रक्रिया अघि बढाउने भनिएको छ । स्रोतका अनुसार एमाले र काँग्रेसका नेताहरुबीच भदौ १३ गते प्रस्ताव दर्ता गराएर १९ गते निर्णयार्थ प्रस्तुत गर्ने मोटामोटी सहमति भएको छ ।
 

टिप्पणीहरू