एनपिएलको दोस्रो संस्करण मंसिरमा

एनपिएलको दोस्रो संस्करण मंसिरमा

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको मिति सार्वजनिक भएको छ । 

यस वर्षको एनपिएल आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ (मंसिर १ गतेदेखि २७ )सम्म हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो संस्करणको लागि आठ वटा फ्रेन्चाइज टिमलाई आन्तरिक तयारी सुरु गर्न भनिएको छ । 

एनपिएलको मिनी अक्सन सम्पन्न भैसकेको छ भने टिमहरू अहिले विदेशी खेलाडी भित्र्याउने आन्तरिक गृहकार्यमा छन् ।   

पहिलो संस्करणमा एनपिएलप्रति युवा पुस्तामा ठूलो क्रेज देखिएको थियो । पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

टिप्पणीहरू