साफ यु-१७ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै
साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र आयोजक भुटान भिड्दैछन् । भुटानको चाङलिमिथाङ स्टेडियममा हुने खेल बेलुकी ५ : ४५ बजे शुरू हुनेछ ।
दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा भारतसँग ७-० गोलको फराकिलो हार बेहोरेको नेपाल आज भुटानलाई हराउँदै पुनरागमन गर्न चाहन्छ । यता भुटानपनि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
अगस्ट ३१ सम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानले सहभागिता जनाएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि आफ्नो पोल्टामा पार्नेछ ।
टिप्पणीहरू