प्रिमियर लिगमा चेल्सी विजयी

प्रिमियर लिगमा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । शुक्रबार राति भएको खेलमा वेस्ट हाम युनाइटेडलाई ५-१ गोलले हराउँदै चेल्सीले लिगमा पहिलो जित निकालेको हो । 

लण्डन स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोए पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज, मोइसेस काइसेडो र ट्रेभा चालोबाहले समान एक/एक गोल गरे । वेस्ट हामको लागि लुकास पाक्वेटाले एक गोल गरे । खेलमा लिएको शूरुवाती अग्रता जोगाउन नसक्दा वेस्टहाम घरेलु मैदानमा पराजित भएको हो । 

खेलको छैटौं मिनेटमा मालिकको पासमा लुकासले गोल गर्दै वेस्टहामलाई शुरूवाती अग्रता दिलाएका थिए । १५ औँ मिनेटमा कुकुरेलाको क्रसमा पेड्रोले हेडर गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । आठ मिनेटपछि पेड्रोको पासमा नेटोले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । 

३४ औँ मिनेटमा एस्टेभोको पासमा फर्नान्डेजले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३-१ गोलको अग्रता दिलाए । ५४ औँ मिनेटमा काइसेडोले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ५८ औँ मिनेटआ पेड्रोको पासमा चालोबाहले गोल गर्दै चेल्सीलाई ५-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी ५-१ गोलले विजयी भएको हो । 

जितसँगै चेल्सी २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहिन वेस्ट हाम तालिकाको पुछारमा रहेको छ ।

टिप्पणीहरू