कार्यालयमा चिया पिलाउने,होटलमा दाल भात र कुरा मिलाउने
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमणमा रहनुभएकी भियतनामी उपराष्ट्रपति भो थिन आन सुआनबीच औपचारिक भेटवार्ता भएको छ । उहाँहरुबीच दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान साढे ९ बजेपछि कुराकानी भएको हो ।
यादवको निम्तोमा सुआन तीन दिने भ्रमणका लागि हिजो मध्यान्ह बैंकक हुँदै काठमाडौं आइपुग्नुभएको थियोे । औपचारिक वार्ताका लागि उपराष्ट्रपति कार्यालयमा उपयुक्त बैठक कक्ष नभएकाले होटलमा भेटवार्ता गर्नुपरेको बताइन्छ । स्रोत भन्छ, ‘उपराष्ट्रपति कार्यालयमा भेट गरेर वार्ताको लागि होटल जानु शोभनीय देखिएन । दुई दर्जन बढी भियतनामी टोली र झण्डै सोही संख्यामा नेपाली प्रतिनिधिमण्डल अट्ने सुविधाजनक बैठक कक्षको अभावमा वार्ता होटलमा गर्नुपरेको हो ।’
कतिपय मुलुकमा राजकीय भेटवार्ताको लागि राजकीय भवन,सभाहल बनाइएको हुन्छ । हाम्रोमा भने भ्यु टावर र ठुल्ठूला सभाहलतिर मात्रै अर्बौं बजेट हाल्ने गरिएको छ ।
पछिल्लो समय विदेशी उच्चस्तरीय प्रतिनिधिमण्डल आउँदा अधिकांश भेटवार्ता र छलफल पाँचतारे होटलमा हुने गरेको छ । कतिपय मुलुकमा राजकीय भेटवार्ताको लागि राजकीय भवन,सभाहल बनाइएको हुन्छ । हाम्रोमा भने भ्यु टावर र ठुल्ठूला सभाहलतिर मात्रै अर्बौं बजेट हाल्ने गरिएको छ ।
टिप्पणीहरू