एएफसी महिला च्याम्पियन्स लिग छनोटमा आज एपीएफ र नासफ भिड्दै
एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक छनोट अन्तर्गत आज हुने खेलमा नेपालको विभागीय टोली नेपाल एपीएफ क्लबले उज्वेकिस्तानको पीएफसी नसाफसँग खेल्दैछ । मार्काजी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरू हुनेछ ।
घरेलु प्रतियोगितामा एकछत्र राज गरेको एपीएफले दोस्रोपटक च्याम्पियन्स लिग छनोटमा सहभागिता जनाउन लागेको हो । यसअघि गत वर्ष छनोटमा सहभागिता जनाएको एपीएफले एक खेलमा पराजित हुँदा एक खेलमा बराबरी खेलेको थियो । गत वर्ष नासफसँग १-० गोलले पराजित भएको एपीएफ यसपटक बदला लिँदै च्याम्पियन्स लिगमाछनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो।
कस्तो छ एपीएफको टोली ?
एपीएफले छनोटको लागि अर्का विभागीय क्लबद्वय त्रिभुवन आर्मी क्लबबाट बिमला विक र नेपाल पुलिस क्लबबाट समिक्षा घिमिरेलाई अनुबन्ध गरेको छ । समिक्षा र बिमलाको आगमनसँगै एपीएफको ब्याक लाइन थप मजबुत देखिएको छ ।
यता एपीएफको गोल पोस्ट कसले सम्हाल्नेछन् भन्ने चर्चाको विषय रहेको छ । नेपाली राष्ट्रिय टोलीका दुई नियमित सदस्य एन्जिला तुमाप्पो सुब्बा र अन्जना राना मगरसँगै युवा गोलकिपर सावित्री किसान एपीएफकोटोलीमा रहेका छन् । एन्जिला इजरायली क्लबसँगको सम्झौता सकिएपछि एपीएफ टोलीमै रहेकी छिन् । एन्जिला युरोपमा अनुबन्ध भएपछि एपीएफलेत्रिभुवन आर्मीबाटअन्जनालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा अनुबन्ध गरेको थियो । अन्जना एपीएफमा अनुबन्ध हुनुअगाडियुवा गोलकिपर सावित्रीले टोलीको गोलपोस्ट सम्हाल्दै एन्फा महिला लिगमा सर्वोत्कृष्ट गोलरक्षकपनि चुनिएकी थिइन् ।
एन्जिला लामो समय एपीएफ क्लबसँगै राष्ट्रिय टोलीको पहिलो रोजाईको गोलरक्षकको रुपमा खेलेकी थिइन् । तर तत्कालिन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले हालै सम्पन्न एएफसी एसियन कप छनोटमा एन्जिलालाई बेन्चमा राख्दै अन्जनालाईपहिलो रोजाईमा उतारेका थिए।त्यसैले आज मुख्य प्रशिक्षक चेतन घिमिरेले अनुभवी एन्जिलालाई मैदान उतार्नेछन् की युवा खेलाडी अन्जना र सावित्रीलाई परीक्षण गर्नेछन् ? हर्न बाँकी छ। तर जुन खेलाडीलाई जिम्मेवारी दिएपनि सबै खेलाडी एपीएफको गोलपोस्ट सम्हाल्न अब्बल रहेका छन् ।
राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफको मिडफिल्डपनि बलियो रहेको छ । जोर्डनकोइतिहाद क्लबमा अनुबन्ध भएसँगै एपीएफलाई यसपटकप्रिती राईको साथ हुनेछैन्। प्रितीको अनुपस्थितिमा सरू लिम्बूले उक्त स्थानको पूर्ति गर्ने सम्भावना रहेको छ भने रेनुका नगरकोटी, सरस्वती हमाल, सविता राना मगर,सरू लिम्बू र अनिता बस्नेतलेमिडफिल्डमा साथ दिनेछन्। सबै पाँच खेलाडी राष्ट्रिय टोलीका नियमित खेलाडी रहेका छन् ।यस्तै सावित्राको अनुपस्थितिमा रश्मी कुमारी घिसिङले एपीएफको फरवार्ड लाइन सम्हाल्नेछिन् । उनलाईअनिता केसी र कुशुम खतिवडाले साथ दिने सम्भावना रहेको छ ।
एपीएफको सम्भावित प्लेइङ ११:- एन्जिला तुम्बापोसुब्बा(गोलरक्षक); समिक्षा घिमिरे, निशा थोकर, गीता राना, बिमला वि.क.; सरूलिम्बू, रेनुका नगरकोटी, सरस्वती हमाल,अनिता बस्नेत, सविता राना मगर; रश्मी कुमारी घिसिङ
टिप्पणीहरू