पशुपतिलगायत देशभरका शिवालयमा श्रद्धालु महिलाहरूको भीड

पशुपतिलगायत देशभरका शिवालयमा श्रद्धालु महिलाहरूको भीड

हरितालिका तीजको अवसरमा बिहानैदेखि देशभरका शिवालयमा श्रद्धालु महिलाहरूको भीड लागेको छ । काठमाडौंमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो सबेरैदेखि देखिएको छ ।

तीजको दोस्रो दिन आज महिलाहरू व्रत बस्ने, शिवपूजा गर्ने र धार्मिक अनुष्ठानमा सहभागी हुन्छन् । दर्शनार्थीलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष प्रबन्ध गरेको जनाएको छ । बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ ।

कोषले भक्तजन मूल मन्दिर प्रवेश गरी भगवानको दर्शन गरेर बाहिरिने व्यवस्था मिलाइएकाले भीड व्यवस्थापनमा सहज भएको जनाएको छ ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू