रवि बसेकै ठाउँमा निकिता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर उनकी पत्नी निकिता पौडेल नख्खु कारागारबाट फर्केकी छन् । हरितालिका तीजको अवसरमा रातो कुर्ता र रातो पोतेमा सजिएर उनी नख्खु पुगेकी थिइन् ।
निकिताले रविका लागि फलफूल समेत लगेकी थिइन् । सामान्यतयाः कैदीहरूका लागि साँझ साढे ५ बजेपछि भेटघाट बन्द गरिन्छ ।
बुटवलको सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार सारिएको हो ।
टिप्पणीहरू