भाँचिएको हात झुन्ड्याउँदै माग्नेलाई भ्याइनभ्याई
भनिन्छ- मेहनत गर्नेले ढिलोचाँडो सफलताको स्वाद चाख्न पाउँछ । कमेडी कलाकार केदारप्रसाद घिमिरे यसको एउटा उदाहरण हुन् । माग्ने बुढा उपनामले परिचित उनलाई पछिल्लो समय फिल्म खेलेर भ्याइनभ्याई छ ।
कतिसम्म भने बेड रेस्टमा बस्नुपर्ने माग्ने यतिबेला सिनेमा हलहरूमा पुगिरहेका छन् । हिजो कुपण्डोलको एक फुटसलमा ब्याडमिन्टन खेल्दा उनी घाइते भएका थिए । चेकजाँचपछि दायाँ काँधको हड्डी फ्याक्चर भएको थाहा भयो ।
कम्तिमा एक महिना बेड रेस्ट गर्न उनलाई चिकित्सकको सल्लाह थियो । तर, शुक्रबारदेखि प्रदर्शन भइरहेको आफू अभिनित चलचित्र ‘माग्ने राजा’ को हल भ्रमणमा निस्किएका छन् ।
माग्नेले आजमात्र चार वटा हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएकाे बताइएकाे छ । दर्शकले पनि चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएको पाइन्छ ।
उनको लागि यो वर्ष किन पनि बहारमय छ भने, ठूला बजेटमा बनेका थप दुइवटा फिल्म क्रमश: प्रदर्शन हुँदैछन् । र, दुई दशकको अभिनय यात्रामा सधैँ सहायक पात्रको भूमिकामा देखिदै आएका उनी पहिलोपल्ट ‘माग्ने राजा’मा मुख्य भूमिकामा देखिएका छन् ।
त्यस्तै, उनी अभिनित चलचित्र ‘माइतीघर’ र ‘जेरी अन टप’ पनि प्रदर्शनको तयारीमा छ । यी दुवै चलचित्र ठूलो लगानीमा निर्माण भएका हुन् ।

टिप्पणीहरू