साउथ अष्ट्रेलियाविरुद्धको दोस्रो खेलमापनि नेपाल पराजित
अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल आज साउथ अष्ट्रेलियाविरुद्ध भएको दुवै खेलमा पराजित भएको छ । बिहीबार दिउँसो सम्पन्न दिनको दोस्रो खेलमा नेपाल अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो ।
जितको लागी १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५७ रनमात्र बनाउन सक्यो । अन्तिम बलमाचार रनको आवश्यकता रहँदाविकेट गुमाएपछिनेपाल पराजित भएको हो । नेपालको लागि रुपेश सिंहले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बमले ३२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । अष्ट्रेलियाको लागि रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्याअरी मानेन्तीले २९–२९ रन जोडे ।नेपालका लागि करण केसी, शाहब आलम र रुपेश सिंहले दुई/दुई विकेटलिँदा कुशल भुर्तेलले एक विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँगै ३ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो। साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउँदाहोगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।
टिप्पणीहरू