नेपाललाई हराउँदै भारत साफ यु-१७ महिला च्याम्पियन

नेपाललाई हराउँदै भारत साफ यु-१७ महिला च्याम्पियन

भारतले साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा नेपाललाई ५-० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो । 

चाङलिमिथाङ स्टेडियममा भएको खेलमा भारतलाई जित दिलाउन पर्ल फर्नान्डेज र दिभ्यानी लिन्डाले समान दुई/दुई गोल गर्दा निरा चानु लंग्जमले एक गोल थपिन् । भारतले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको हो । 
जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । 
 

टिप्पणीहरू