प्रिमियर लिगमा आर्सनल र सिटी पराजित

प्रिमियर लिगमा आर्सनल र सिटी पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी पराजित भएका छन् । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग १-० गोलले पराजित भएको हो । 

एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोस्ज्लाईले निर्णायक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको ८३ औँ मिनेटमा डोमिनिकले फ्रिकिकमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् । 

जितसँगै लगातार तीन खेलमा जित निकालेको लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा रहेको छ । 

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी ब्रिघटनसँग २-१ गोलले पराजित भएको हो । अमेरिकन एक्प्रेस स्टेडियममा भएको खेलमा ब्रिघटनलाई जित दिलाउन जेम्स मिल्नर र ब्राजन ग्रुडाले समान एक/एक गोल गरे । सिटीको लागि इर्लिङ ब्राउट हालान्डले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा सिटीले लगातार दोस्रो हार बेहोरेको हो ।

जितसँगै ब्रिघटन ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको ११ औँ स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको सिटी १३ औँ स्थानमा रहेको छ।
 

टिप्पणीहरू