आजका घाइतेहरूको उपचार निःशुल्क : स्वास्थ्य मन्त्रालय
जेन जी समूहको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै संघीय अस्पतालहरूलाई त्यसबारे जानकारी गराउँदै आन्दोलनका घाइतेलाई निःशुल्क र छिटो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले भनेको छ, ‘एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक पर्ने विभिन्न स्थानमा सहजै उपलब्ध गराउनू ।’
टिप्पणीहरू