घृणाजन्य अभिव्यक्तिप्रति आयोग सतर्क

घृणाजन्य अभिव्यक्तिप्रति आयोग सतर्क

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्ति, समूह र दलका नेताले घृणाजन्य अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको छ । 

जेन–जी ध्वंसपछि नयाँ सरकार बनेको र निर्वाचनसमेत घोषणा भएको अवस्थामा केही व्यक्ति, समूह र नेताबाट आएको घृणाजन्य अभिव्यक्तिले हिंसात्मक कार्यलाई थप बल पुर्याउनेप्रति आयोगले ध्यानाकर्षण गराएको हो । 

विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने र कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय भएपनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन आयोगको आग्रह छ ।  

आयोगले भनेको छ, ‘अतः आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुँदै कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरु नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।’

टिप्पणीहरू