प्रधानमन्त्री कार्यालय मातहतबाट हटाइएपछि पहिलो बैठक
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सम्पत्ति शुद्धिकरणसम्बन्धी बैठक भएको छ । अर्थ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालको अध्यक्षतामा आज दिउँसो सो विषयमा छलफल भएको हो ।
बैठकमा मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव घनश्याम उपाध्याय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दवाडी, नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्याललगायत झण्डै आठ जनाको उपस्थिति थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएकोमा वर्तमान सरकारले यथास्थितिमै फर्काइदिएको छ ।
टिप्पणीहरू